समाचार

ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते



पर्वत, २४ मंसिर । पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेका ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका यात्रुहरु घर फर्कने क्रममा ट्याक्सी दुर्घटना भएको बताइएकाे छ ।

दुर्घटनामा पर्वत जलजला-६ सालिजाका ३८ वर्षीय ट्याक्सी चालक मखन बहादुर पुर्जा, नवलपुर कावासोनीका १५ का ६७ वर्षीय बेदनारायण श्रेष्ठ, नवलपुर कावासोनी १५ बस्ने ६२ वर्षीया दुर्गा श्रेष्ठ, चितवन जगलपुर-२३ बस्ने ५० वर्षीया अनु श्रेष्ठ र ५९ वर्षीया मित्र कुमारी श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको  प्रहरीले जनाइएकाे छ ।