काभ्रेपलाञ्चोक, २४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन् ।
आज काभ्रेपलाञ्चोकको धुलिखेलमा भूमि प्रशिक्षण केन्द्रले नक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धनु विषयमा गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।
नाप नक्सासम्बन्धी प्रविधि अन्तराष्ट्रियस्तरको बनाइने बताउँदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नवीनतम प्रविधि एवम् अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै लाभान्वित हुने दाबी गरिन् । मन्त्री अर्यालले नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न मन्त्री अर्यालले आग्रह गरिन् ।
उनले भनिन, ‘हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौँ । यस सन्दर्भमा हाम्रो देशको भ्रमण गर्नका निम्ती हार्दिक आग्रह गर्दछ, यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।’
दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्