काठमाडौँ, २४ मंसिर । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वार पोखरेलले साग खेलकुद प्रतियोगिता अहिलेसम्मकै ऐतिहासिक भएको बताउँदै उक्त प्रतियोगिताले विश्व सामु नेपालको शिर उँचो बनाएको बताउनुभएको छ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग)को समापन समारोहमा बोल्दै मन्त्री ईश्वर पोखरेलले सागले सार्क सदस्य राष्ट्रहरुबीच रहेको मित्रतामा थप वृद्धि गरेको उल्लेख गर्नुभयो ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग)ले सार्क शिखर सम्मेलनका लागि महत्वपूर्ण वातावरण सिर्जना गरेको बताउँदै खेलकुद प्रतियोगिताले सार्क सदस्य राष्ट्रहरुबीच रहेको मित्रतामा थप वृद्धि भएको आफूले महशुस गरेको समेत उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस प्रतियोगिताले हाम्रो क्षेत्रीय एकतामा विशेष योगदान गरेको छ । यस खेलकुदमार्फत् हामी आफ्ना छिमेकीहरुबीच देशको खेलकुदको माहोल, स्तर र संस्कार कति समृद्ध छ भन्ने सन्देश दिन सफल भएका छौं ।”
१३ औं साग सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै उहाले सरकारका तर्फबाट सबैमा बधाई एवं शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “देशभित्र नयाँ पुस्तालाई खेलमा आबद्ध हुन प्रेरित गर्ने विश्वास लिएका छौं । खेलकुद देशको प्रतिष्ठा र मर्यादासँग जोडिएको हुन्छ । जनतामा खेलप्रति देखिएको विश्वास अझै बढाउनुपर्छ । खेलकुदको व्यावसायीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको सामाजिक सुरक्षा लगायत खेलमा लागेर पछुताउन नपर्ने वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान जानेछ ।”










प्रतिक्रिया दिनुहोस्