काठमाडौँ, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि प्रकारको महिला हिंसा तथा बलत्कारको घटनामा संलग्नले कांग्रेसको सदस्यता लिन नपाउने बताउनुभएको छ ।
मंगलबार काँग्रेस पार्टी कार्यालय सानेपमा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागी हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताउनुभयो । महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्नेमा जोड दिँदै सभापति देउवाले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली काँग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्