सप्तरी, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका हुन् ।
वडा सचिव मिश्र मंगलबार साँझ घुससहित पक्राउ परेका छन् । जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग दुई लाख रुपैया घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्