समाचार

बाबुको हत्या गरेको आशङ्कामा आमा–छोरा पक्राउ



सुर्खेत, २५ मंसिर । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटामा बाबुको हत्या  गरेकोआशङ्कामा आमा–छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार मङ्गलबार साँझ सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।