Banner News

प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौँ, २५ मंसिर । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै एकभन्दा बढी स्वर्णपदक विजेतालाई ११ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हून ।

त्यस्तै र्यक्रममा प्रधानमन्त्रीले रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा  पनि गरेका छन  ।

रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने घोषणा गरेका हून ।