राजनीति

शिक्षा नीति सार्वजनिक



काठमाडौँ, २६ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेका हुन् ।

उक्त सार्वजनिक नीतिमा उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु नै समावेश गरिएको छैन । निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ ।

जबकी शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयहरुलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो ।