राजनीति

चारदोवाटो–बालकोट सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुँदै



भक्तपुर, २६ मंसिर । जनप्रतनिधि तथा स्थानीयवासीको विशेष सहयोगममा भक्तपुरको चारदोवाटोबाट रोजभिलेज हुँदै बालकोट चोक जाने सडकको कालोपत्रे गर्ने सम्पन्न हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा उक्त सडकको कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । उक्त सडक आयोजना आगामी केही दिनभित्रमा नै कालोपत्रे भइसक्ने भएको छ ।

सांसद बस्नेत २०७१ सालमा उद्योगमन्त्री भएको समयमा भिआइपी मार्गको नाममा दुई वटा सडक आयोजना शुरु भएको थियो । जसमा चारदोवाटोदेखी बालकोट चोकसम्मको सडक र पाण्डुबजारबाट गुण्डु चोकसम्मको सडकमा संघिय सरकारबाट रु ४/४ करोड विनियोजन भएको थियो ।

 

दुवै वटा सडक ११ मिटर कायम गरी निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारबाट आयोजना शुरु भएको थियो । जसमा चारदोबाटोदेखी बालकोट जाने सडकमा भने मापदण्डमा भएको विवादका कारण सर्वोच्चले ८ मिटर कायम गर्न आदेश दिए अनुसार सोही अनुसार अघिल्लो वर्षबाट काम अघि बढेको थियो । पाण्डुबजारबाट गुण्डु ११ मिटर नै कायम भई काम तिव्र गतिका साथ भइरहेको छ ।

अघिल्लो वर्ष विगतमा मापदण्डमा विविध समस्या उत्पन्न भएको चारदोवाटोदेखी बालकोट जाने सडकमा सरकारले यो वर्ष एक करोड रकम विनियोजन गरेको थियो । तर उक्त रकमले निर्माण सम्पन्न नहुने भएपछि सांसद बस्नेतको विशेष पहलमा थप रु पाँच करोड रकम सरकारबाट उपलब्ध गराई जम्मा ६ करोडको लागतमा विगत लामो समयदेखी सडक क्षेत्रमा समस्यामा रहेका उक्त क्षेत्रका स्थानीयवासीलाई विकासको ठूलो राहत भएको छ ।

अघिल्लो वर्ष केही मात्रामा काम भएता पनि हाल तिव्र गतिमा निर्माण कार्य अघि बढेको छ । सडक विस्तारमा भएको समस्याका कारण उक्त स्थानका मानिसमा अतिआवश्यक पर्ने एम्बुलेन्स समेत सञ्चालन गर्न कठिन रहेको उक्त सडक अब ८ मिटरको बनेसँगै स्थानीयवासीमा सडक समस्या समाधान भएको छ ।

निर्माण आयोजनाको अनुगमन गर्दै सांसद बस्नेतले उक्त सडक निर्माण गर्नको लागि सहयोग गर्ने मन्त्रालय, सम्बन्धीत निकाय, जनप्रतिनिधि, स्थानीवासी तथा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।