काठमाडौँ, २६ मंसिर । नायिका करिश्मा मानन्धरले आफूहरुले भागेको घाम, पानी, भोक, तिर्खाको बेमतलव भन्दै प्रश्न गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘एक वक्ताले भन्नुभयो कि सिनियरहरुले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० बर्षको छ । तर, म यो मान्दिन । नेपाली चलचित्रको इतिहास १० बर्षको मात्र छ । त्यसो भए त के हामी अस्तित्वमा थिएनौ । हामीले भोगेको घाम, पानी, तिर्खाको वेमतलव ?’
उनले अगाडि भनेकी छिन्, ‘यो दश बर्षको विचमा म त खोई, आठ–दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन, जुन उत्कृष्ट थिए । जबकी रहेक बर्ष सयौ चलचित्र बन्छन् ।’
उनले, इतिहासलाई टेकेर नै सबै जना उभिएको भन्दै यसलाई नभुल्न चेतावनी समेत दिएकी छिन् । करिश्माले, जो माथि आक्रोश पोखिन्, उनको नाम भने सामाजिक संजालमा उल्लेख गरेकी छैनन् ।
करिश्माले नेपाली चलचित्रमा आज पनि राज गर्ने हल मालिक, वितरक, निर्माताको उदय ने ९० र २००० को दशकमा भएको समेत उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्