काठमाडौँ, २६ मंसिर । जल तथा मौसाम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा पश्चिमी भुभागबाट न्यून चापिय प्रणालीको वायु प्रवेश गरेकोले कम्तीमा तीन दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो । जसका कारण पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको र मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्