धनकुटा, २५ मंसिर । धनकुटामा अचानक बाटोमा लड्दा एक वृद्धको मृत्यु भएको छ ।
बुधवार राति गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडेर घाईते भएका धनकुटा नगरपालिका-९ बेलहराका ६३ वर्षीय रिकमान तामाङको बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्