Banner News

प्रहरीको सानो गल्तीले ठूलो रूप लिन सक्छ : गृहमन्त्री थापा



काठमाडौँ, २७ मंसिर । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन् ।

आज १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले सानो गल्तीले ठूलो रूप लिने सक्ने भएकोले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ ।’ उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने बताए ।