काठमाडौँ, २७ मंसिर । नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ ।
यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ । भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ ।
भारत सरकारको तर्फबाट मिसन दूतावासका उपप्रमुख अजय कुमार र इन्ट्याच सदस्य सीटी मिश्राले सम्झौतामा हस्ताक्षर गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्