काठमाडौ,२७ मंसिर । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् ।
आज संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् ।
उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ । ‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गर्ने देखिन्छ ।’










प्रतिक्रिया दिनुहोस्