समाचार

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध



काठमाडौँ, २८ मंसिर । वर्षासँगै परेको हिमपातका कारण सुदूर पश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवाले बताए ।

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु अलपत्रमा परेका छन् राजमार्गमा २ फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गका अधिकांश भाग हिमपातका कारण प्रभावित भएका छन् ।