कावासोती, २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौँबाट जाँदै गरेकाहरु बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना सवार थिए ।










प्रतिक्रिया दिनुहोस्