मोरङ, २८ मंसिर । मोरङमा रोकी राखेको कन्टेनरमा अटो जुध्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
शुक्रबार बेलुका सुन्दर-हरैचा नगरपालिका–१० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ ह २४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुँदा रोकी राखेको ना ५ ख ५६०१ नम्बरको कन्टेनरको पछाडि ठक्कर खाँदा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय दिपक संकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परी सोही नगरपालिका-८ का २० वर्षीय लक्ष्मण उराउ र २६ वर्षीय किरण माझी घाइते भएका छन् ।
अटो, कन्टेनर र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्