गुलरिया, २९ मंसिर । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
मधुवन नगरपालिका–६बाट विगत केही महिनादेखि आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबरजस्ती करणी गर्दै आएको आरोपमा ४० वर्षीय बुबालाई पक्राउ गरेको हो ।
गत मंगलबार मात्रै भारतको ब्याङ्लोरबाट नेपाल फर्केर नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटलमा राखेर डर–धम्की देखाउँदै पुनः जबरजस्ती करणी गरेपछि पीडित (छोरी)ले उजुरी गरेकी थिइन् ।
उजुरीपछि प्रहरी उनलाई पक्राउ गरेको र अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्