काठमाडौँ, २९ मंसिर । उक्त मौसमी प्रणालीको प्रभावले आज केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
भोलि दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज काठमाडौँको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ ।










प्रतिक्रिया दिनुहोस्