काठमाडौँ, २९ मंसिर । सिन्धुपाल्चाेकमा बस दुर्घटना भएकाे छ ।
आइतबार बिहान दाेलखाकाे कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस दुर्घटना भएकाे जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।
मृत्यु हुनेको संख्या १३ जना भन्दा बढ़ी भएको बताइएको छ भने सडकबाट बस ५ सय मिटर तल खसेको र दुर्घटनामा १८ जना भन्दा बढ़ी यात्रु घाइते भएकाे जनाएको छ । उद्धार कार्य भइरहेकाे जनाइएकाे छ । थप विबरण आउन बाकी छ ।










प्रतिक्रिया दिनुहोस्