काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारको पहिलो आधार वर्ष, दास्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ टे«लको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको वताउनुभयो ।
मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमीनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पु¥याउँछौँ ।”
मन्त्री बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गर्नुभयो । “अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ”, उहाँले भन्नुभयो ।
आउँदो दुई वर्षमा वृद्धभत्ता रु पाँच हजार पु¥याइने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तरराष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भन्नुभयो । नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।” पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न उहाँले आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्