धनुषा, २९ मंसिर । धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार साँझ मिथिला नगरपालिका-६ तरकारी बजारमा ना ६ ख १०८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को ३९ प ६८४८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ साढे ६ बजे ठक्कर दिँदा धनुषाधाम नगरपालिका-९ मुलाबारीका ४६ वर्षीय रामेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ ।
मण्डलको लालगढ स्थित मोडेल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्