समाचार

महोत्तरीबाट लागूऔषधसहित भारतीय युवक पक्राउ



जनकपुरधाम, २९ मंसिर । लागूऔषधसहित एक भारतीय युवकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

आइतबार बिहान महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित जलसागरबाट ठूलो परिमाणको लागूऔषधसहित भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला मधवापुर १ बिरोकर निवासी राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण हेडक्वाटरको टोलीले चेकजाँचका क्रममा १९ वर्षीय महतोलाई फेनारगन ३ सय बोतल, नुफिन २ सय ९४ बोतल, डाइजेल्याब २ सय ९५ बोतल तथा एक घडी र चामल १० किलोसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।