काठमाडौँ, २९ मंसिर । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको छ ।
१. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ
२. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ
३. दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ
४. दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ
५. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ
६. भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत
यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरु
१.आयुषा तामाङ
२.धनकाजी तामाङ
३.रञ्जीता तामाङ
४.हरिमाया तामाङ
५.दोर्जे तामाङ
६.सागर तामाङ
७.दिपक तामाङ
८.नैना तामाङ
९.सहचालक गिपलव तामाङ
१०.भक्तपुरका सागर केसी
११. नाम नखुलेको ५/६ महिनाकी एक बालिका











प्रतिक्रिया दिनुहोस्