समाचार

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु



धनकुटा, ३० मंसिर । धनकुटामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ स्थित फलैंचामा २ अ ६६११ नम्वरको अटो र १ ख ६९१२ नम्वरको मेसिन बोक्ने लोपेड ट्रकसँग ठोक्किँदा अटो चालक धनकुटा २ का दशरथ पाख्रिन र त्यसमा सवार तेह्रथुमको छथर गाउँपालिका वडा नम्वर एकका साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको प्रहरीेले जनाएको छ ।