काठमाडौँ, ३० मंसिर । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो र दोस्रो साताबाट जापान र चीन गरी थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।
निगमका अनुसा जापानको नारितामा मार्चको पहिलो साता र चीनको ग्वाङ्झाउमा मार्च दोस्रो साताबाट उडान प्रारम्भ हुने छ । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको निगमले जनाएको छ । उडान थपिएसँगै पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि हुने अपेक्षा निगमको छ ।
अहिले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको ओशाका, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङमा उडाइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्