समाचार

आजको मौसमः भारी हिमपात तथा बर्षाको सम्भावना



काठमाडौँ, ३० मंसिर । काठमाडौं उपत्यकासहित देशभर आज बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ ।

देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।