बुटवल, ३० मंसिर । प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ ।
राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।
प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेको थियो । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा सोमवार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्