राजनीति

प्रतिनिधि सभा सदस्य भट्टराईद्वारा पद तथा गोपनियताको शपथ लिँदै



काठमाडौँ, १ पौष । उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिनु भएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

उहाँलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउनुहुने भएको हो । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लाग्नुभएको हो ।