समाचार

महिलाले फालेको मुढाले लाग्दा सैनिक हवल्दारको मृत्यु



काठमाडौँ, २ पौष । घाँस–दाउरा गर्दै गरेकी महिलाले फालेको मुढाले लागेर डोटीको दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जंगलमा फाइरिङ गरेर फर्किने क्रममा घाँस–दाउरा गर्र्दै गरेकी शारथी कठायतले माथिबाट फालेको मुढा थापालाई लाग्न पुगेको थियो ।

मुढा लागेपछि घाइते भएका सैनिक हवल्दार थापालाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो । कठायत घरमै रहेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।