गुलरिया, २ पौष । जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार बर्दियाको फुटाहाबाट १७ किलो चरेससहित दुईजनालाई प्रक्राउ गरेको छ ।
प्रहरी चौकी जमूनीका इन्चार्ज प्रहरी नायब निरीक्षक धनबहादुर केसीको नेतृत्वको टोलीले फुटाहास्थित बल गाउँ जाने बाटोबाट रोल्पाका २३ वर्षीय सजिन बिक र २४ वर्षीया निर्मला बुढालाई चरेससहित नियन्त्रणमा लिएको हो ।
प्रक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्