काठमाडौँ, २ पौष । करिव १० करोड मुल्य बरावरको अबैधलागूऔषध कोकिनसहित एक जना बिदेसी महिला पक्राउ परेकी छन ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिनसहित प्रहरीले एक बोलिभियन महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन् । उनी ब्राजिलबाट दुबई हुँदै काठमाडौं उत्रिएकी थिइन् । प्रहरीका अनुसार ज्याकेटमा फल्स बटन बनाई उनले कोकिन ल्याएकी थिइन ।










प्रतिक्रिया दिनुहोस्