ललितपुर, ३ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताउँदै सूचना र प्रविधिका ८० वटा कार्यक्रम कार्यान्वयन गर्ने योजनाका साथ सरकार अघि बढेको उल्लेख गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० लाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारका क्षेत्रमा अधिक उपयोग गर्ने लक्ष्यका साथ ८० वटा कार्यक्रम कार्यान्वयन गर्ने योजनाका साथ सरकार अघि बढेको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै दुनियाँमा ज्ञान र डिजिटल पहुँच भएका मानिसले बढी सम्पत्ति आर्जन गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले आधुनिक युगमा प्रविधिको ठूलो महत्व र आवश्यकता भएकाले त्यसलाई प्रवद्र्धन गर्न आफू लागिपरेको बताउनुभयो ।
सूचना प्रविधिका क्षेत्रमा काम गर्ने निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने अर्थतन्त्रको एक परियोजनाका रुपमा डिजिटल प्रविधिलाई मन्त्रालयले लिएको छ ।” मुलुकमा राजनीति अस्थिरता समाप्त भएर मुलुक आर्थिक क्रान्तिका रुपमा अघि बढेकाले विकास साझेदार संस्थालाई सरकारले खुलेर सहयोग गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्