Banner News

भारत र चीनसँग सीमा जोडिएका ११४ ठाउँमा ‘बीओपी’ स्थापना गर्ने सरकारको निर्णय



काठमाडौँ, ४ पौष । सरकारले भारत र चीनसँग सीमा जोडिएका १ सय १४ ठाउँमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरी सशस्त्र प्रहरी राख्ने निर्णय गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी बल तैनाथ गर्ने निर्णय भएको जानकारी गराउनुभएको छ । यसअघि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय ७ वटा बीओपी थिए ।