राजनीति

मन कतै भाच्चिएको थियो, अब मिल्यो : मन्त्री बाँस्कोटा



काठमाडौँ, ४ पौष । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको सहकार्य राम्रो संकेत भएको बताउनुभएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकमा पत्रकारको प्रश्‍नमा राजपाले नेकपासँग गरेको सहकार्य प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको अवधारण सफल पार्न भएको दावी गर्नुभयो ।

नेकपा सरकारले मधेसको विकास र समृद्धिमा केही काम गरेको देखेपछि राजपा सहकार्य गर्न आएको उहाँको दाबी छ। हिजोको दिनमा भाचिएको मन अहिले मिलेको बताउँदै उहाँले भन्नुभयो, ‘हिजो कतै अलिकति खाल्टाखुल्टी परेका थिए । ती पुरिए । मन कतै भाच्चिएको कुच्चिएको थियो । त्यो मिल्यो । त्यो सिद्धियो ।’

बुधबार राजपा र नेकपा नेतृत्वबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने गरी दुईबुँदे सहमति भएको छ। माघ ९ गते हुने निर्वाचनमा प्रदेश २ को चार सिटमध्ये दुई-दुई सिटमा एकले अर्कोलाई सघाउने सहमति गरका हुन् ।