समाचार

तेह्र वर्षमा बल्ल बन्यो हवाई मैदान



काठमाडौँ, ४ पौष । ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३-७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । सङ्घीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मङ्लबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ ।

लामो समयको अथक प्रयासपश्चात् निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले बताउनुभयो । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।