Banner News

सहकारीले अब बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल



काठमाडौँ, ४ पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छन ।

आज काठमाडौँमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने र हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरेकी छन ।

उनले भनिन, ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ । अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ । त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ ।’

सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताइन ।

उनले भनिन, सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेशन गर्ने शक्ति छ’, ‘२/४ जनाले प्रगति गरेर हुदैन । तल्लो वर्गलाई माथि उठाउनेरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस् ।’