धनुषा, ४ पौष । धनुषामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बिहीबार साँझ मिथिला नगरपालिका-६ पूर्व-पश्चिम राजमार्गमा ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किएर ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका-३ हरियरपुरका २० वर्षीय दीपकुमार महतोको मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका-९ धरापानीका २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर घाइते भएका छन् । दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवै मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ८२९६ नम्बर ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्