समाचार

भक्तपुरमा आज बिजुली नआउने



भक्तपुर, ५  पौष ।  नेपाल विद्युत प्राधिकरणले आज भक्तपुरमा विद्युत आपूर्ति बन्द हुने बताएको छ ।

शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२/११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।