Banner News

मन्त्री भट्टराईद्वारा विमानस्थलको अनुगमन



काठमाडौँ, ५ पुस  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन  ।

शुक्रबार साँझ नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि मन्त्री भट्टराई  विमानस्थल पुगेको उनको निजी सचिवालयले जनाएको छ ।