राजनीति

आफै गाडी कुदाएर छड्के अनुगमन गर्दै मन्त्री नेम्वाङ्ग



काठमाडौँ, ६ पौष । भौतिक, यातायात तथा पूर्वाधारमन्त्री बसन्त नेम्वाङ्गले आफ्नो नीजि गाडी आफै कुदाउँदै स्मार्ट लाइसेन्स बनाउने मेसिने तथा काम गरिरहेको ठाउँमा छड्के अनुगमन गर्नुभएको छ ।

लाखौं सवारी चालकले चरम दुःख भोगि रहनुपरेको स्मार्ट लाइसेन्सको वितरणलाई सहज बनाउन आज मन्त्री नेम्वाङ्गले स्थलगत अनुगमन गर्नुभएको हो । ट्रायल पास गरेको करिव एक वर्षसम्म पनि लाईसेन्स नपाउने विडम्बनालाई अन्त्य गरी सहजता पैदा गर्ने लक्ष्यका साथ उहाँले पहल थाल्नुभएको छ ।

यातायात ब्यवस्था बिभागद्वारा सञ्चालनमा ल्याएको मास प्रिन्टको उहाँले उक्त स्थानमा गई त्यहाँको वस्तुस्थिती तथा समस्या र समाधानका उपायहरुको वारेमा जानकारी लिनुभएको छ । उक्त मास प्रिन्टले दैनिक रुपमा करिव काम गरे अहिलेको लाइसेन्सको समस्या तीनदेखी चार महिनामा समाधान हुनेछ । मास प्रिन्टर्सले दैनिक रुपमा करिव दश हजार प्रिन्ट गर्छ ।

आफु मन्त्री भएदेखी दैनिक रुपमा एक पछि अर्को गर्दै नतिजामूखी काम गरेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता दिने बाटोमा उहाँको पछिल्लो समयको कामहरु सर्हानिय रहेको छ ।

काठमाडौँ उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्र्ने मात्र नभई विगत वर्षैदेखी अलपत्र परेका सडक आयोजना तथा विस्तारका कामहरु पनि तिव्र गतिका साथ अघि बढाउनुभएको छ । उहाँकै पहलमा चावहिल–जोरपाटी हुँदै साँखु सडक विस्तारको कामले समेत तिव्रता पाएको छ र जसबाट आगामी दिनमा जनताले धुवा, धुलो तथा सास्तीबाट मुक्त हुने लक्ष्यण देखिएको छ ।

त्यस्तै करिव ६ वर्ष अघिदेखी अलपत्र परेको भक्तपुर नगरकोट सडक खण्ड समेत निर्माण सम्पन्नताको अन्तिम चरणमा पुगेको छ । त्यस्तै उहाँकै पहलमा काठमाडौँ उपत्यकाका धेरै सडकहरु निर्माणका कार्यहरु तिव्र गतिमा अघि बढेका छन् ।