विश्व

पाकिस्तानमा आक्रमण गर्ने भारतको तयारी : इमरान खान



एजेन्सी, ७ पौष । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय सरकार देशमा भइरहेको विरोध–प्रदर्शनबाट ध्यान अन्त्यत्र मोड्नको लागि पाकिस्तानविरुद्ध कुनै कारबाहीको तयारीमा हुन सक्ने चेतावनी दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्, ‘भारतले अझै जम्मू–कश्मीरका सबैलाई कैदमा राखेको छ । त्यहाँ प्रतिबन्ध हटाइदा आम–संहार हुन सक्छ । यदी भारतमा यो खालको विरोध–प्रदर्शन बढ्यो भने पाकिस्तानलाई भारतबाट खतरा थप बढ्छ । भारतीय सेना प्रमुखको बयानले पनि हाम्रो चिन्तालाई बल प्रदान गर्छ ।’