समाचार

जीप दुर्घटना हुँदा पाँच जना घाइते



गोरखा, ८ मंसिर । गोरखामा जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

मंगलबार पालुङटार नगरपालिका-६ बुढीचौरमा ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा पालुङटार नगरपालिका-६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ प्रहरीले जनाएको छ ।