काठमाडौँ, १० पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ८ हजार ५ सय रुपैयाँ घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पक्राउ गरेको हो ।
कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्