Banner News

अपराधका आधारमा दण्ड सञ्जाय धेरै र थोरै हुन्छ, सुराकीलाई सम्मान : मन्त्री खतिवडा



काठमाडौँ, ११ पौष । अर्थमन्त्री युवराज खतिवडाले अपराधका आधारमा दण्ड सञ्जाय धेरै र थोरै हुने प्रावधान गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहिबारको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) २०७५ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव गर्दै उहाँले राजश्व चुहावटको मात्रा अनुसार दण्ड सजाय गर्ने व्यवस्थासहित सरकारले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) २०७५ ल्याएको बताउनुभयो । दण्ड जरिवानाको विषयमा एकमुष्ट व्यवस्था भएकोमा अहिले कम मात्रै चुहावट गर्नेलाई कम जरिवाना र कम जेल सजाय हुने बढी गर्नेलाई बढी सजाय गर्ने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

त्यसैगरी सुराकीको रकमलाई पनि व्यवस्थित उल्लेख गर्दै उहाँले सुराकीको अधिकतम रकम तोकिएको बहुमूल्यमा १० प्रतिशत र अरुमा २० प्रतिशत तोकिएको, सुराकीको रकम २५ लाख भन्दा माथि कुनै पनि दृष्टिकोणले हुन सक्दैन भनेर रकममा पनि तोकिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘करका दरहरु मात्रै बढाएर राजश्व बढी आउँदैन बरु चुहावट हुने डर हुन्छ र करका दरहरुलाई समान्य अवस्थामा राखेर बढी दायरा बढाएर कर असुल गर्नुपर्छ भन्ने कुरा हामीले बजेट पछाडिको आर्थिक विधयेकमा छलफल गर्दा प्रयाप्त छलफल गरिसकेका छौं । त्यो विषय यहाँ दोहो¥याइरहनु परेन् । सरकारको दृष्टिकोण त्यस्तै नै हो । के अहिले हामीले करका अत्याधिक दर बढाउँदा चुहावट बढ्न सक्छ भनेरै तिनीहरुलाई व्यवस्थित गर्दै गएको हो ।’