भक्तपुर, १२ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्थानीय पूर्वाधार साझेदारी (क्षेत्र विकास कोष/सांसद विकास कोष) अन्तरगतको ६ करोड रकमबाट २६ वटा आयोजनाहरु सञ्चालन गर्ने कार्यक्रमको सूची सार्वजनिक गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं. २ अन्तरगत उहाँले उक्त साझोदारी कार्यक्रम अन्तरगत सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरी उक्त आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ । जसमा सूर्यविनायक नगरपालिका अन्तरगत रु दुई करोड तथा मध्यपुर नगरपालिका अन्तरगत तीन करोड ९४ लाख ६० हजार छ जिल्ला समन्वय समितिले प्राविधकि खर्च गर्ने रु ५ लाख ४० हजार प्रयोग गर्ने भएको छ ।












प्रतिक्रिया दिनुहोस्