भक्तपुर, १३ पौष । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू)मा निमिर्त माता पाथीभरा वैष्णोदेवीको मन्दिर परिसरमा द्वारकापुरी दिव्यधाम निर्माण गर्ने दीर्घकालीन लक्ष्य राख्दै शनिवार केन्द्र भक्तपुरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
केन्द्रको पाँचौं साधारणसभाको शनिवार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हाम्रा प्रत्येक धर्म र संस्कृतिलाई सम्पत्तिको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल भ्रमण वर्ष सन २०२० मा नेपालमा आउने पर्यटकलाई हाम्रा पूर्विय दर्शन र सभ्यता देखाएर पठाउनुपर्ने चर्चा गर्दै उहाँले नेपालमा भएका धर्म र संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने दिव्यधामका लागि आफूले राज्यको तर्फबाट सक्ने सहयोग गर्न प्रयत्न गर्ने सांसद बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले पाथीभरा मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको बताउनुभयो । १०८ भाबगत बाचक अरबिन्द्र शास्त्रीले पाथीभरा मन्दिर क्षेत्रमा दीव्यधाम निर्माण नभएसम्म आफूलाई निन्द्रासमेत नलाग्ने बताउनुभयो ।
सो अवसरमा गौ संरक्षण केन्द्र भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले केन्द्रले अल्पकालीन र दीर्घकालीन कार्यक्रम तय विविध कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्