विश्व

कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु



एजेन्सी, १३ पौष । सोमालियाको राजधानी शक्तिशाली  कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन् । घटनामा कम्तीमा ७० जना घाइते भएका उद्धारका लागि खटिएका एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले बताए ।

विष्फोट मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको हो । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौंको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ । मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ।