कञ्चनपुर, १५ पौष । भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
सोमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्